विराटनगर महानगरले मधुमेहका रोगीहरुलाई लक्षित गरि वडा न. ५ मा ल्याब संचालनमा ल्याएको छ । 

आधारभूत स्वास्थ्य केन्द्रमै रहने गरे उक्त ल्याब सञ्चालनमा ल्याइएको हो । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बुधबार एक कार्यक्रमका बीच उक्त ल्यावको उद्धघाटन गरेपछि ल्याब संचालनमा आएको हो । 

स्थानिय स्तरमा ल्याब संचालनमा आएपछि  मधुमेहका रोगीले स्थानिय स्तरबाट सेवा प्राप्त गर्ने अपेक्षा राखेको छ । ल्याव सञ्चालन र यसका लागि आबश्यक ब्यवस्थापन मिलाउन प्रमुख पराजुलीले निर्देशन दिएका छन् । यस्तै गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुतीका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन आबश्यक मानिस तोक्ने र सम्पर्क नम्बर समेत नगरवासीलाई प्रदान गर्न गृहकार्य भइरहेको बताए । यसका लागि नेपाल टेलिकम संग सजिलो नम्बरहरु महानगरले माग गरेको छ । 

कार्यक्रममा कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा,वडा न. ५ का वडाध्यक्ष मीनकुमार आचार्य, कांग्रेसका नेताहरु विमलराज भण्डारी,सुदर्शन भट्टराई ,स्वास्थ्य निरिक्षक हैदर अली ,विद्यार्थी नेता त्रिभुषण गिरी लगायतको सहभागिता रहेको थियो ।