मोरङको रंगेली जिल्ला अस्पताललाई ५० शैय्याको अस्पताको रूपमा स्तरउन्नती गरिने भएको छ । प्रदेश १ सरकारले जिल्ला अस्पताल रंगेलीलाई  ५० शय्याको बनाउने निर्णय गरेको हो ।

स्थानीय सरकार मातहत रहेको जिल्ला अस्पताल रंगेली १५ शय्याको मात्रै छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद बैठकले जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रदेश मातहतमा रहेन प्रदेश १ सरकारका प्रवक्ता सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए । उनले जिल्लास्तरको अस्पताललाई स्तरोन्नति गरी प्रदेशमातहत ल्याउने निर्णय भएको बताए ।

स्थानीय तहमातहत रहेको अस्पताललाई प्रदेशमातहत ल्याउन संघीय सरकारको अनुमति आवश्यक पर्छ । अनुमतिका लागि संघीय सरकारलाई प्रदेश र स्थानीय तहले पत्र पठाउने उनले बताए । संघीय सरकारले अनुमति दिएपछि प्रदेश सरकारले स्तरउन्नतिको प्रक्रिया सुरु गर्नेछ ।

रंगेली जिल्ला अस्पतालम मोरङको उत्तरी क्षेत्र कानेपोखरी गाउँपालिका, पूर्व पश्चिम रतुवामाइ, सुनवर्षी नगरपालिका र स्थानिय रंगेली नगरपालिका विरामीले दैनिक ३ सय विरामीले ओपीडिमा सेवा लिने गरेका अस्पतालले जनाएको छ । 

यस्तै प्रदेश १ सरकारले आफ्नो स्थापना दिवस फागुन ३ गते मनाउने निर्णय गरेको छ । फागुन ३ गते तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारको तीन बर्सेे कार्यकाल फागुन २ गते पुरा हँुदैछ । तेस्रो स्थापना दिवसको अवसरमा फागुन ३ गते स्थापना दिवस मनाउने निर्णय भएको कार्कीले बताए । यस्तै बैठकले निजी फर्म नवीकरणको समयावधि थप गर्ने निर्णय गरेको छ ।