धरान उपमहानगरका नगरवासीलाई निःशुल्क तालिम प्रदान गर्ने भएकाले फाराम भर्न आह्वान गरिएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि विभिन्न तालिमको आह्वान भएकाले फाराम भर्न नगरले सूचना जारी गरेको छ । 

मेसन, सटरिङ  कार्पेन्टर, स्काफोल्डर, प्लम्बर, इलेक्ट्रिसियन र गार्मेन्ट फेब्रिकेटर सम्बन्धी तालिम दिइने भएकाले इलाका प्रशासन कार्यालय धरान नजिक रहेको वैदेशिक रोजगार सूचना केन्द्रमा सम्पर्क गरी फाराम भर्न अनुरोध गरिएको छ । 

सूचनामा संलग्न विवरण अनुसारका निशुल्क तालिम प्रदान गर्ने भएकाले इच्छुक नागरिकलाई फारम भर्न सूचित गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

firm sami pariyojana