अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् ।
अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बोल्दै राईले ‘सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको बताउँदै सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला–खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य नहुने बताए ।
‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ,’ प्रमुख आयुक्त राईले भने, ‘घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने छ ।’