बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जार स्थित पकली रुपनगर सडक खण्डमा मंगलबार रातको ७ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
वराहक्षेत्र ५ स्थित कालाबन्जार चौक देखि करिब १ किलोमिटर अगाडि रहेको जमटोकी नजिक उतरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १०२०–४३प ८८२७ नम्बर मोटरसाइकलले सोही दिसा तर्फ जादै गरेको बराहक्षेत्र ४ पिडारी बस्ने ३९ बर्षको पैदल यात्री महेन्द्र साहलाई पछाडिबाट ठक्कर दिंदा घाइते भएका साहको उपचार क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र ४ बस्ने घनश्याम धामी समेत घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घाइतेको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार पैदल यात्री महेन्द्र साहको उपचार गर्दै गर्दा ८ः५० बजे मृत्यु भएको छ । चालक धामीको उपचार भइ रहेको छ ।