विजयपुर । भिभो ‘वाई टुवेल एस’ मोडलको मोवाइल धरानमा लञ्च भएको छ ।
मंगलबार धरान किचनमा एक कार्यक्रमको आयोजना गरि भिभो नेपालका प्रबन्धक एण्डी र बालिका स्मारिका भट्टराईले केक काटेर लञ्च गरे । लञ्च गरेसँगै ‘वाई टुवेल एस’ खरिद गर्नु भन्दा पहिले एकहजार बचत गरे एक हजार रुपैयाँ छुट पाउने छन् । मोवाइलको विक्रि मुल्य १७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
पहिले १ हजार बचत गरेमा १५ हजार ९ सय ९९ रुपैयाँ तिर्नु पर्नेछ । यो छुट सुविधा भने माघ–२७ गते देखि फागुन–१ गतेसम्म चल्ने क्षेत्रिय प्रबन्धक निमेश घिमिरेले जानकारी दिए । उनले अन्य ३ वटा अफर पनि रहेको बताए । नेपालका ग्राहकलाई चिठ्ठाबाट ३ जनालाई सोहि मोवाइल दिनेछ । १ सयजना लाई २५ सय रुपैयाँ नगद साथै ५ सय जनालाई डिस्प्ले फेरिदिने घिमिरेले बताए । यी अफर भने १ महिनासम्म रहने छ । कार्यक्रममा सहायक प्रबन्धक नविन बज्राचार्यले मोबाइलको विषयमा जानकारी दिए । प्रबन्धक एण्डीले भिभो ब्राण्ड नेपालमा रहेका मध्ये तेस्रो स्थानमा रहेको दावी गरे । उनले अब भिभोलाई नेपालको पहिलो ब्राण्ड बनाउन लाग्नुपर्ने बताए । भिभोको डिलर धरान–३ पुरानो बजारमा रहेको छ ।