ब्लाष्टखबर । मंगलबार नेपाली बजार सुनकाे मुल्यमा १ हजार ५ सयले बृद्धि भएकाे छ । 

सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० मा काराेबार भकाेमा मंगलबारका लागि भने छापावाला सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ४००मा किनबेच काराेबार भइरहकाे छ।

चाँदीको भाउ भने लगातार तेश्रो दिन उकालो लागेको छ । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।