धरान । धरानको ‘होटल गजुर प्यालेस’ले दोस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई छुट दिने भएको छ ।

वार्षिकोत्सवको अवसरमा आज माघ २५बाट फागुन २ गतेसम्मका लागि होटलका कोठा, खानेकुरा तथा हलमा विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गोपालप्रसाद आचार्यले जानकारी दिए । होटलले यो सममा कोठामा ५० प्रतिशत, खानेकुरामा २५ प्रतिशत, बारमा १० प्रतिशत र हलमा शत प्रतिशत छुटको व्यवस्था गरेको आचार्यले बताए । 

गजुर प्यालेसले डिलक्स कोठा, स्वस्थ र सफा खानेकुरा सहित थ्रि स्टार होटलको सुविधा उपलब्ध गराउँदै आएको सञ्चालक आचार्यले बताए ।