धरान/हातेमालो उद्यमी महिला समूहले तीसदिने ढाकाको कपडाबाट ब्याग बनाउने तालिम प्रदान गरेको छ ।
समूहले आठ प्रकारका ब्याग बनाउने तालिम प्रदान गरेको हो । पुस २३ गतेबाट सञ्चालन भएको तालिममा समूहकी सहसचिव छेकी शेर्पाले तालिम दिइन् । तालिममा धरान–१५ का १५ जना महिला सहभागी थिए । समूहकी अध्यक्ष लीला ढकालका अनुसार मोबाइल पर्स, साइड ब्याग, टिफिन ब्याग, फिङ्गर ब्याग, सपिङ ब्याग, सुर्के थैली र जेब्रा ब्याग बनाउने तालिम दिइएको हो ।
तलिममा बनाइएका ब्याग बिक्रीबापत १६ हजार ८ सय ८० रुपैयाँ आम्दानी पनि भएको उनले बताइन् । शनिबार तालिमको समापनको अवसरमा धरान–१५ का वडाध्यक्ष नरेश इवारम, युरेसिया रेयुकाइका सिबुचो केशव काफ्ले, सामाजिक अभियन्ता कुलबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । १५ नम्बर वडाको लक्षित वर्गको बजेटअन्तर्गत ७० हजार रुपैयाँ विनियोजन गरेको थियो ।