झापा /  प्रदेश नम्बर १ को बजारलाई लक्षित गरी झापा मेचीनगर–१३ स्थित चारआलीमा सनलाइट इन्भेष्टमेन्ट प्रालि सञ्चालनमा आएको छ । 

भारत, चिन र बंगलादेशबाट शिसा आयात गरी सबै साइज, कलर र सरल मूल्यमा बिक्री गर्ने उदेश्यले डिलर सञ्चालन गरिएको प्रालिले जनाएको हो । 

प्रालिको चौथो साधारणसभा तथा कारोबारको शुभराम्भ समारोहमा प्रालिको कार्यालय  शनिबार विधिवत् रुपमा मेचीनगर नगरपालिका वडा नं. १३ का अध्यक्ष कृष्णराज सिग्देल तथा प्रालिका अध्यक्ष पदमलाल भट्टराईले संयुक्त उद्घाटन गरेका छन् ।

आगामी माघ मसान्तसम्ममा ७ करोड शेयरपुँजी पुर्याउने लक्ष्य राखेको  प्रालिको अधिकृत शेयरपुँजी १० करोड पुर्याइने प्रालिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रालिका अध्यक्ष भट्टराईको प्रतिवेदन अनुसार २०७७ पुस मसान्तसम्म संकलित शेयरपुँजी ५ करोड ५३ लाख ५० हजार रहेको छ । त्यस्तै, जग्गा खरिदमा १ करोड ५९ लाख, भवन निर्माणमा २ करोड २८ लाख २१ हजार २ सय १७ रुपैयाँ एकपैसा र विविध खर्च ४ लाख ८८ हजार ७ सय ८९ रुपैयाँ रहेको उल्लेख छ ।

कार्यक्रममा प्रालिले एक बर्षको अवधिमा गरेका कार्य विवरण समेत अध्यक्षले प्रस्तुत गरेका थिए । 

मेचीनगर–१३ चारआलीमा १६ कठ्ठा जग्गा खरिद गरी सञ्चालनमा आएको प्रालिमा ६० जना शेयर सदस्य रहेको र हाल ११ जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक सदस्य धमेन्द्र भट्टराई (मामा) ले जानकारी दिए । 

 स्वागत प्रालिका कार्यालय सचिव तुलसीनाथ पौडेलले गरेको कार्यक्रममा शेयर सदस्य दुर्गा भट्टराई, भिमा शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रालिका सचिव भरतकुमार भट्टराई, शेयर सदस्य लक्ष्मण खतिवडा, तिर्थ सिग्देललगायतको उपस्थिति रहेको थियो ।