विराटनगर । डिलर बाहेक अनाधिकृत रुपमा ग्यासको बिक्री बितरण रोक्न व्यवयासीहरूले माग राखेका छन् । ग्यास बिक्रेता महासंघ प्रदेश १ को दोस्रो साधरणसभामा व्यवसायीहरुले यस्तो बताएका हुन् । 

उनीहरूले अनाधिकृत रुपमा ग्यासको बिक्री बितरण भइरहदा ग्यासको चोरी हुने गरेको गुनासो आउने गरेकोले डिलर बाहेक अनाधिकृत रुपमा बिक्री तिरण रोक्नुपर्ने बताए । कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठले देशसंघिय सरंचाना गएसँगै व्यवसायीहरूको छाता संगठन पनि त्यही अनुसार अगाडी बढेको बताए । उनले प्रदेशको बिधान, एने र नियमावली बनाएर व्यवसायीहरुको हकहितमा महासंघ सधैधरी अगाडी बढने बताए । 

कार्यक्रममा ग्यास बिक्रेता महासंघ प्रदेश १ का अध्यक्ष सरद पोखरेलले अन्य ब्यावसाय जस्तै ग्याँस व्यावसाय संघलाई पनि प्राथमिकतामा राखीनुमा जोड दिए ।

कार्यक्रममा महासंघको केन्द्रीय सदस्यहरू तेजराज श्रेष्ठ, चिरंजीवि अधिकारी, प्रदेश अध्यक्ष सरलराज पोखरेल, उपाध्यक्ष राजेश निरौला, मोरङका पुर्वअध्यक्ष विकास लालवानीलगायतको सहभागिता रहेको थियो । 

ग्याँस बिक्रेता महासंघको अध्यक्षमा साह

ganesh sha1

एलपी ग्याँस बिक्रेता महासंघ मोरङको अध्यक्षमा विराटनगरका गणेश कुमार साह निर्विरोध निर्वाचित भएका छन् । 

विराटनगरमा भएको महासंघको १४ औं साधारण सभाले अध्यक्षमा साह निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएका साहले व्यवसायीहरूको हकहितमा सधैभरी लागि परेर अगाडी बढने बताए । ‘व्यवसायिकहरूको समस्या सावधनमा सधैभ लागि पर्नेछु,’ अध्यक्ष साहले भने, ‘व्यवसायिको हकहितसँगै सामाजिक कार्यलाई पनि अगाडी बढाउनेछु ।’

महासंघको वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्ष कल्पना गौतम, सचिब सुधिर यादव, सह–सचिब सुमन खरेल र कोषाध्यक्ष सुनिता भट्टराई सिग्देल निर्विरोध निर्वाचित भएका छन् । यस्तै समितिको अन्य सदस्यहरूमा प्रभा तिम्सिना, पुष्पराज अग्रवाल, रामकृष्ण खड्का, दिलिप कुमार अग्रवाल, जमुना बजगाई, गोविन्द राज श्रेष्ठ, विनोद सुवेदी, देबेन्द्र श्रेष्ठ, इन्दु कमल अधिकारी, आनन्द राज भण्डारी, राजेन्द्र थापालगायत रहेका छन् ।