ब्लाष्टखबर । म्यानमारमा भएको सैनिक कू विरुद्ध त्यहाँका सर्वसाधारण सडकमा उत्रिएका छन् । म्यानमारको   याङ्गुन शहरको एक विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरू पनि सडकमा उत्रिएका छन् । 

सोमबार नेशनल लीग फर डेमोक्रेसीका नेता आङ सान सूची सहितका नेताहरुलाई सेनाले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै उनिहरू आन्दोलित भएका हुन् ।

 प्रदर्शनकारीहरूले रातो रिबन लगाएर सैनिक कू को विरोध गरेका थिए । सेनाले नेता सूची सहितलाई गिरफ्तार गरी सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल समेत लागू गरेको छ ।