ब्लाष्टखबर । धनुषाको ढल्केबरमा निमार्ण भएको देशकै  ठूलो चार सय केभी सबस्टेसनको उद्घाटन भएको छ । 

१३ सय बिघा जमिनमा फैलिएको  ४ सय केभी र २ सय केभीको सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । 

नेपाल सरकार र विदयुत प्रधिकरणको करिब २० करोड लागतमा निर्माण सम्पन्न भएको उक्त सबस्टेसन पूर्व–पश्चिम  विद्युत आपूर्ती र भारतसँग विद्युत व्यापारको लागी ग्याँस इन्सुलेटेड (जीआईएस) प्रविधियुक्त स्वचालित मुलुककै ठूलो तथा ४ सय केभी प्रणलीमा आधारित देशकै पहिलो सबस्टेसन हो । 

किरब ९ सय मेगावाट विद्युत प्रसारण क्षमता भएको यो सवस्टेसनमा  ३१५ एमभिए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन् ।   यसै गरी, २२०र१३२ केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ। 

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिति थियो।