यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा हाम्रो बचत ॠण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको चौथो अधिवेशनले मेघराज निरौलाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गर्दै सभा सम्पन्न भएको हो ।

सभाको उपाध्यक्षमा तारानाथ सुब्बा, सचिव केन्द्रप्रकाश बराल, सह सचिव लालबहादुर सम्बाहाम्फे, कोषाध्यक्ष नरेन्द्रबहादुर सम्बाहाम्फे लगायत ११ सदस्य समिति चयन भएको हो ।

सभाले तिलबहादुर खवास सम्योजकत्वमा ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिति चयन गरेकाे छ । 

सभामा संस्थाका अध्यक्ष प्रकाशमणी  बिसीले २०७६/०७७ को बार्षिक प्रतिवेदन र आगामी वर्षको बार्षिक लक्ष्य तथा कार्यक्रमको योजना प्रस्तुत गरेका थिए । उनले संस्थामा हालसम्मको कुल ९ करोड, २९ लाख, ४० हजार ९ सय ३७ रुपैयाँ चुक्ता पूँजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 त्यस्तै, संस्थाको आर्थिक वर्ष २०७६/०७७ को आय व्याय समेत प्रस्तुत गरिएको छ । जसको आयतर्फ १ करोड, २८ लाख, ९९ हजार, ४ सय ३२ रुपैयाँ र व्यायतर्फ  ५८ लाख, ३६ हजार, २ सय १८ रुपैयाँ रहेको छ ।

संस्थाको खुद नाफा ७० लाख, ६३ हजार, २ सय १३ रुपैयाँ सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोही साधारण सभामा संस्थाका लेखा समिति सम्योजक ऐगेन्द्रबहादुर खड्काले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

साधारण सभाले संस्थामा उत्कृष्ठ बाल बचत कर्ताको रुपमा सेयर सदस्य नरेन्द्र बोहोरा र इन्दिरा बुढाथोकीलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरेको छ ।

त्यसैगरी संस्थाकै सचिव तथा सदस्य सदस्य केन्द्र प्रकाश बरालको छोरी दिपशिखा बराललाई एसइइमा ३.३० जिपिए ल्याएको भन्दै प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको थियो ।

सभामा प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, विषेस अथिति सहकारी बैंक पाँचथरका प्रबन्धक बुद्धराम बल, जिल्ला बचत संघका कोषाध्यक्ष दिर्घसिं चेम्जोङ लगायतका बक्ताहरुले संथाको प्रगति र उन्नतिको कामना गरेका थिए ।