वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले चैते धान क्षेत्र विस्तार गर्नका लागि नगरका विभिन्न क्षेत्रको अनुगमन शुरु गरेको छ ।
कृषिमा उत्पादन बढाउने उदेश्यले सकेसम्म जमिन बाझो रहन नदिने उदेश्य अनुसार हाल स्थलगत अनुगमन गरि कृषक लाई प्रेरणा जगाउने कार्य भैरहेको कृषि बिकास शाखा प्रमुख तुलसा लिम्बुले बताइन ।
शाखा प्रमुख लिम्बुका अनुसार खेती गर्न इच्छुक कृषकलाइ नगरपालिकाको तर्फ बाट निशुल्क परामर्श र बीउ बितरण गर्ने कार्यक्रम रहेको छ । अनुगन बाट बराहक्षेत्र नगरपालिका वडा नं.५ रामझोडा मथिल्लो केचवाई क्षेत्रमा १३ विघा १३ कठ्ठामा वडा नं ३ मा नडाहा तिनघरे टोलमा ७ विघा १७ कठ्ठामा लगाउने भनी कृषकहरुबाट प्रारम्भिक प्रतिबद्धता आइसकेको बराहक्षेत्र नगरपालिकाका जे टि ए नीर बहादुर राइले बताए ।
त्यसै गरि वडा नं.४ मा पनि केही सम्भावित क्षेत्रहरु रहेको तर कति क्षेत्रमा भन्ने कुरा यकिन नभइ सकेको सोही वडा अध्यक्ष आशाराम चौधरीले बताए ।