ब्लाष्टखबर । विष सेवनबाट नवलपरासी जिल्लाकाे सरावल गाउँपालिकामा  दुई छोरीसहित आमाको मृत्यु भएको छ। 

 गाउँपालिकाकाे  ५ मा नगढवामा ३५ वर्षीय अनिता चौधरी र उनकी २ छाेरी क्रमश: १२ र १० वर्षीया छोरी नेहा र हेमा वीष सेवनबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ । 

कार्यालयका अनुसार बुधबार राती १० बजे चाैधरीकाे घरमा चिच्याएकाे  आवाज आएपछि त्यहाँ पुगेका छिमेकीहरू तीनै जनालाई गम्भिर अवस्थामा रहकाे र कोठामा दुईवटा गिलासमा पानी जस्तो तरल पदार्थ फेला परेकाे नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जनाएका छन्।

गम्भिर अवस्थामा रहेका तीनै जना उद्धार गरी उपचारकालागी पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगेको भएपनि अवस्था गम्भिर भएकाले थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएकोमा उपचारकै क्रममा तीनैजनाको मृत्यु भएको लामाले जानकारी दिएका छन्।

घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।  श्रीमान वैदेशिक रोजगारीमा रहेकाले अनिता दुई सन्तानसहित घरमा बस्दै आएको स्थानीयले बताएका बताएका छन्।