मोरङ। मोरङको  सुन्दरहरैचा नगरपालिका( ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । 

बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।