धरान । धरानका युवायुवती लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् ।
बिराटनगर–१६ मा पैदल हिडिरहेका धरान–१६ का २४ बर्षीय मनिष भुजेल र २१ बर्षीया निसा श्रेष्ठलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
मङ्गलबार उनीहरुको साथबाट एभिल १०एम्पुल, फेनारगन १०एम्पुल, लुपिजेसिक १०एम्पुल र डाईजोल्याब १० एम्पुल बरामद गरिएको र उनीहरुका विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।