विराटनगर । जग्गा विवादको विषयलाई लिएर मोरङको सुन्दरहरैचना नगरपालिका ९ का राजेन्द्र अधिकारी र मनोज अधिकारीलाई आक्रमण गरि घाइते बनाउनेलाई पक्राउ गरि कारवही गर्न माग राखेका छन् ।
संघातीक आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेकोले तत्काल पक्राउ गरि कारवाहीको गर्न उनीहरूले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि माग गरेका हुन् ।
जग्गाको विवाद हुँदा १९ पुसमा राजेन्द्र र मनोज अधिकारीलाई सोही ठाउँका पाँच जनाले आक्रमण गरि घाइते बनाएको आरोप छ । सुन्दरहरैचा ७ का ३२ वर्षिय टिका कार्की, भोजराज कार्की, राजिधका कार्की, चन्द्र बहादुर कार्की र हिमा कार्कीले आक्रमण गरि घाइते बनाएको मनोज अधिकारीको भनाई छ । आक्रमणमा परि अधिकारीको टाउँमा चोटपटक लागेको थियो । ‘आक्रमण गरि घाइते भएको यतिका दिन भइसक्दा पनि आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छैन,’ पत्रकार सम्मेलनमा मनोजले भने, ‘हामीलाई कुटपिट गर्ने ६ जना विरूद्ध इलका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएकका थियौं । अहिलेसम्म पक्राउ परेका छैन ।’
यता इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इनिस्पेक्टर ऋषिराज ढकालले उजुरी परेकोले यस घटनामा अनुसन्धान भइरहेको बताए । ‘कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘घटनामा संलग्न फरार छन् । हामीले खोजी कार्य गर्दै आएका छौं ।’