धरान । पूर्वका पर्यटकीयस्थल भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् ।

पूर्वको पर्यटनलाई काठमाडौंसँग जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको पहल र नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियतामा फागुन पहिलो साताबाट काठमाडौंबाट भेडेटार र इलामका लागि बस सञ्चालन गर्न लागेको हो । बोर्डका अनुसार काठमाडौं–भेडेटार र काठमाडौं–इलामका लागि २७ सिट क्षमताका बस सञ्चालनमा आउनेछन् ।

स्वास्थ्य मापदण्ड पुरा गरी बस चलाउन लागिएको बताइएको छ । बस चलेपछि भेडेटार र इलाममा आन्तरिक पर्यटकको अझै वृद्धि हुने अपेक्षा गरिएको छ । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस चल्ने गरेका छन् ।