पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा निगाले कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
“कृषि पेशा नेपालीको जीउने आधार, निगाले कृषि संस्थाको अभियान, आत्मनिर्भर र स्वोरोजगार भन्ने मुलनारासहित संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले प्रस्तुत गरेको प्रतिवेदनमा आयतर्फ ६५ लाख, २९ हजार, ५ सय ८१ रुपैयाँ प्रस्तुत गरेको छ । त्यस्तै ब्यायतर्फ ५८ लाख ७५ हजार ४ सय ७७ रुपैयाँँ र बचत तर्फ ६ लाख ५४ हजार १ सय ३ रुपैयाँ सहितको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
साधारण सभा कृषि ज्ञान केन्द्र पाँचथर/ ताप्लेजुङले सघन बाली बिकाश कार्यक्रम अन्तरर्गत ७ वटा मिनिटिलर बितरण गरेको थियो ।
संस्थामा संचालन हुदै आएको सघन बाली बिकाश कार्यक्रम सम्बन्धी ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए ।
त्यस्तै मासुमा आत्मनिर्भर बनाउँने उदेश्यले भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाँचथरबाट संचालन हुदै आएको बृहत्तर बाख्रा पकेट कार्यक्रम त्यस्तै सुन्तला ब्लक पकेट कार्यक्रमको बिषयमा बिज्ञ केन्द्रका प्रमुख डा. रुद्रनारायण शाहले कार्यक्रमको बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति पाँचथरका सभापती बिष्णुप्रसाद सापकोटाद्धरा सहकारीको कार्यालय उत्घाटन गर्दै गाउँमा कृषि सहकारी मार्फत किसानले रोजगारी पाएको बताए ।
उनले संस्थाकै श्रोतबाट सेयर सदस्यहरुलाई अन्य तालिम गोष्ठी र गतिविधि गर्दै जानु पर्नेमा जोड दिनु दिए ।
त्यस्तै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र वडा नम्बर ५ का वडा अध्यक्ष यामबहादुर बोहोराले समेत संस्थाको प्रगति र उन्नतिको बिषयमा सुभकामना समेत दिएका थिए ।
सोही कार्यक्रम मार्फत उकृष्ठ युवा व्यवसायी सुनिल पाण्डे र महिला उद्यमी स्यामकुमारी चेम्जोङलाई सम्मान गरेको थियो । साधारण सभा संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काले अध्यक्षतामा सम्पन्न भएको थियो ।
