संखुवासभा । गत माघ ६ ब्लाष्ट टाईम्स दैनिकमा जनप्रतिनिधी सहकारीको प्रवन्धक शिर्षकको समाचार प्रकाशन भएको थियो ।जिल्लाको पाँचखपन नगरपालिकाका कार्यपालिका सदस्य सिता तामाङ नगरपालिकामा रहेको गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको प्रवन्धक पदमा रहेको पाईए पछि रिपोटिङ गरिएको थियो । उक्त रिपोर्टिङ पश्चात सहकारीले ढाकछोप गर्न सहकारीले  शनिबार प्रेश विज्ञाप्ति निकालेको छ । 

विगत १० बर्षदेखि सहकारीको प्रवन्धक पदमा रहेर काम गरिरहेकी सिता तामाङ स्थानीय तहमा निर्वाचित भएकी हुन् । उनी वडा सदस्य निर्वाचित भएसंगै नगरपालिकाको कार्यपालिका सदस्य मात्र नभई न्यायिक समितिका सदस्य, सामाजिक विकास समितिका संयोजक समेत रहेकी छन् ।

सहकारीका अध्यक्ष कुल बहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञाप्तिमा प्रवन्धकबाट सहकारीका सबै समिति तथा सेयर सदस्यहरु सन्तुष्ट रहेको जनाएको छ । प्रवन्धक पदमा नितीसम्मत रहेको भन्दै प्रकाशित समाचारको खण्डन गरेको छ । 

प्रवन्धक समेत रहेको कार्यपालिका सदस्य तामाङ सहकारीमा मासिक १७ हजार रुपियाँ तलब खान्छिन् । नगरपालिका क्षेत्रमा रासयनिक मल विक्रि वितरण गर्ने समेत जिम्मेवारी रहेको सहकारीले वानामा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । उक्त सहकारीमा प्रवन्धक उनै सीता तामाङसहित ३ जना कर्मचारी रहेकोे सहकारी संस्थाका अध्यक्ष कुल बहादुर श्रेष्ठले बताएका छन् । 

अधिवक्ता भवानी प्रसाद आचार्यले जो कोहि जनप्रतिनिधीहरु कुनै निजी तथा सरकारी संघ संस्थामा कर्मचारीको रुपमा रहन नमिल्ने बताए । लाभको पदधारण गरेका व्यक्तिले त्यसबाट राजिनाम दिएर मात्र चुनावमा उम्मेरद्वार हुनुपर्ने प्रष्ट व्यवस्था रहेको अधिवक्ता आचार्यले बताए । “निहित स्वार्थमा रहेर अवैध रुपले निर्वाचनमा सहभागी भई दोहोरो पदधारण गर्नु गैह्र कानुनी छ”अधिवक्ता आचार्यले भनेः “यसलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, भ्रष्टचार निवारण ऐन, निर्वाचन आयोग ऐन लगायतले रोक्न सक्नु पर्छ ।”   उक्त ऐनको आधारमा कुनै एउटा पदमा मात्र कायम रहनु र अवैध रुपमा रहेर प्राप्त गरेका अवैध कालको बेरुजु रकम असुल उपर गर्नुपर्ने हुन सक्ने व्यवस्था छ ।