देउराली । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज गरेकाे नेपाल बन्दले धरानकाे भानुचाेक बसपार्कमा बिहान केहिबेर  सार्वजनक सवारीसाधा देखिएनन् ।

 पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले  विभिन्न संघर्षको कार्यक्रमसंगै  शनिबारकालागी नेपाल बन्दको घोषणा गरेको थियाे ।

नेपाल बन्दकाे घाेषणाले बिहान केहिबेर भानुचाेकमा सार्वजनिक यातायत नदेखिएपनि अन्य सवारीसनधनहरू निर्वाध सञ्चालनमा रहेका थिए । 

भानुचाेक बसपाकर्बाट छुट्ने सार्वजनिक सवारीसाधनमा बिहान कहिबेर असर गरेकाे भएपनि अहिले भने क्रमिकरूपमा लामाे तथा छाेटाे दुरीका सवारीसाधनहरू संञ्चालनमा रहेका छन् ।

बन्दले धरानमा कुनै नगरेकाे इलाका प्रहरी कायार्लयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । 

डिएसपी बस्नेतले भने ' पूर्व, विटनगर लगायत जाने बसहरू संञ्चालनमै छन् । हिजाेकाे भन्दा केहि कम भएकाे जस्ताे छ, तर बन्दकाे कुनै असर परेकाे छैन । ' बस्नेतले  हुनसक्ने जाेखिमलाइ मध्यनजर गर्दै धरानका विभिन्न ठाउँहरूमा पाेसाकसहितका तथा सादा पाेसाकका प्रहरी परिचालन गरिएकाे बताएका छन् ।