ब्लाष्टखबर । शुक्रबार राति सिराहाकाे  प्रयागपुर स्थित पूर्वपश्चिम राजमार्ग माेटरसाइकल र बस एक अापसमा ठक्करखादा २ जनाकाे मृत्यु भएकाे छ । 

पूर्वबाट पश्चिम तर्फ गइरहकाे  ना ५ ख ५२५४ नम्बर यात्रुवाहक बससंग धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको माेटरसाइकल ठक्करखाँदा माेटरसाइकलमा सवार धनुषा सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ । 

दुर्घटना पछि ठक्कर दिन बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएकाे छ ।