ब्लाष्टखबर । माेटरसाइकल विद्युतकाे पाेलमा ठाेक्किदा एक जनाकाे मृत्यु भएकाे छ । 

काठमाडाैंकाे तिनकुनेमा गयराती भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित विद्युतकाे पाेलमा ठाेक्किदा  मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 


प्रहरीकाअनुसार खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा ज्यान गएको हो ।