ब्लाष्टखबर । धरान उपमहमानगरपालिका संग जाेडिएका साविकका २ गाविसमा खानेपानी र ढल व्यावस्थापनका लागी एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना संञ्चालन हुने भएकाे छ । 

संघीय सरकारको खानेपानी मन्त्रालयद्वारा संञ्चालित उक्त याेजनाले एडिविको सहयोगमा उपमहानगरपालिकाले सञ्चालन गरेको एकिकृत खानेपानी परियोजनाले नसमेटेका उपमहानगरपालिकाका ७ वटा वडामा उक्त याेजना संञ्चालन गर्ने गरि स्विकृती पाएकाे हाे । 

स्विकृत पाएसंगै  वडा नं ४, ५, ६, २०, १३, १४ र १७ मा  स्थगत अध्यानकालागी अयाेजना प्रमुख प्रमुख चक्रपाणी आचार्य शर्मासहितकाे टाेली धरान आइपुगेका छन् ।

अयाेजना प्रमुख शर्माकाे नेतृत्वमा खानेपानी तथा ढल व्यवस्थापन विभागका डिई, इञ्जिनियरलगायतको उक्त टोलीले आयोजनाकाे आवश्यकता पर्ने क्षेत्र, त्यसकाे सम्भावना, खानेपानी थप गर्नु पर्ने तथा ढल व्यावस्थापन गर्नुपर्ने क्षेत्रकाे अध्यान गर्ने   उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताएकी छिन् ।

' कार्यवाहक नगर प्रमुखको जिम्मेवारी वहन गरेका समयमा पहल गरगेकाे थियाे ।  योजना स्वीकृत भएको छ ।' उपमेयर भण्डारीले भनिन् '  अध्यानपछि डिपिआर तयार भएसंगै अर्काे वर्ष टेन्डर अव्हान गरी काम अघि बढ्छ।'

टाेलीले साविक पाचँकन्या गाविस अन्तरगतकाे हाल ४ नम्बर वडाकाे ढाडे, तेलनपुर, सुमनटारलगायतका क्षेत्रकाे अध्यान गरिरहकाे छ । स्थलगत अध्यानकालागी  टाेली सहित उक्त क्षेत्रमा पुगेकी भण्डारीले

एडिविको परियोजनापछिकाे सबै भन्दा ठूलो परियोजना भएकाे बताउँदै  सर्वेपछि आयोजना सञ्चालन हुने जानकारी गराएकी छिन् ।