ब्लाष्टखबर ।  चन्द्रागिरी हिल्स लिमिटेडमा आइपिओ भरेका कुल आवेदक मध्ये १ लाख ३९ हजार ६०२ जनाले शेयर पाएका छन् ।   

१२ लाख ११ हजार ११५  जना स्वीकृत आवेदक भएकाे चन्द्रागिरी हिल्स लिमिटेडको १० लाख ७१ हजार आवेदक रित्ताेहत हुनु परेकाे छ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको  बाँडफाँट भएकाे हाे । 

 आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले  शेयर १० कित्ताका दरले बाँडफाँट भएकाेमा २ जनाले भने ११ –११ कित्ता पाएका छन् । कम्पनीले मंसिर १७ गते नै आयोजना प्रभावित स्थानीयका आइपिओ बिक्री खुला गरेको थियो ।  

सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुगेको छ ।