बिराटनगर। प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

मोरङको मिक्लाजुङ गाँउपालिका-५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका.६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१- ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

 यसैगरी  सुनसरीको कोशी गाउँपालिका(२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका-११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

तिनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।