ब्लाष्टखबर । बिहिबारपनि नेपाली बजारमा पहेँलो धातुको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन तोलामा नै ६०० रूपैयाँले वृद्धि भएको हाे ।

प्रतितोला ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । 

महासङ्घका अनुसार  तेजाबी सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो ।


यस्तै, चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।