ताप्लेजुङ। निमार्ण सामग्री लिन काबेलीतर्फ गईरहेको ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

मे १ त २४१२ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका वडा नं ८ ल्याङ्बामा बिहिवार विहान दुर्घटना भएको हो । घाईते हुनेमा चालक पाँचथर भारपाका २४ वर्षीय उमेश सोनम र सह–चालक फिदिम २ का २३ वर्षीय वीर बहादुर नेपाली रहेका छन् । 

घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी जवान सागर दाहालका अनुसार घाईतेहरुको अवस्था गम्भिर रहेको छ । ट्याक्टर करिब २० फिट तल झरेको र आगो समेत लागेको दाहालले जानकारी दिए ।