भद्रपुर/ टिपरको ठक्करवाट एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर १३ निवासी वर्ष १८ का अन्सु सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबार साँझ चारआली – चन्द्रगढी सडक खण्डमा सोही स्थानमा वसोवास गर्ने वर्ष १८ का राहुल बस्नेतसँग हिडिरहेका शिवाकोटीलाइ मे १ ख २५१५ नंम्वरको टिपरले ठक्कर दिएको थियो ।
घाइते दुवैलाइ उपचारको लागि विर्तामोड स्थित विएण्डसी हस्पतालमा लगिएकोमा शिवाकोटीको वुधबार विहान ६ वजे निधन भएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
राहुलको भने हात खुट्टामा चोट लागेको छ । टिपर र टिपर चालक भद्रपुर ९ वस्ने सुमन ओझालाइ नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।