मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ ।

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको र घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।