इनरुवा । सुनसरीको दुहवी इनरुवा खण्ड अन्र्तगत सिमरियामा दुर्घटना परी ३ जनाको ज्यान गएको छ । 

माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा एक महिला सहित तीन जनाको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिराटनगर बाट राजबिराज तर्फ जाँदै गरेको माइक्रोले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डलको ज्यान गएको छ । त्यसैगरी माइक्रोको सह चालक सप्तरी घर भएका शंकर कुमार यादवको समेत मृत्यु भएको छ । मृतक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । 

मोटरसाइकललाई ठक्कर दिएको माईक्रो सडक किनारमा पल्टेको छ । सो दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुको उपचार जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।