ब्लाष्टखबर । जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । सोमबार बेलुका करिब साढे ७ बजे जंगलमा बाख्रा चराएर फर्कने क्रममा घाँसकाे भारी सहित फर्केकी रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि गाेली प्रहार भएकाे रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जनाएका छन्  । 

घाउकाेमा गाेलि लागी गम्भिर घाइते भएकी उनकाे  भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको  राताेपाटीले उल्लेख गरेकाे छ । 

घटनापछि गाेली प्रहार गरेकाे आराेपमा  स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनलाई पक्राउ गरिएकाे  डिएसपी  सुवेदीले बताएका छन् । सुवेदीका अनुसार  हस्तबहादुरले घाइते महिलालाई हरिन ढानेर गाेली चलाएकाे बताएका छन् ।

 हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिन मार्न भनेर आफू बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गोली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए ।

गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको   । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।