धरान । झापाकाे दमक–४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

आज विहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइर दुर्घटना हुँदा अटो चालक उर्लबारी–४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय  सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

अटोमा सवार सुनसरी इनरुवा–७ का २४ बर्षीय सौजन मगर र दमक–४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।