ब्लाष्टखबर । सुन्दरहरैँचामा सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने अन्य २ जना घाइते भएकाे छन् ।

सुन्दरहरैँचा नगरपालिकाकाे खाेर्साने स्थित सुकुना पुल नजिकै  ट्रकले  बा ८८ प ४६९६ नम्बरकाे  माेटरसाइकललाई ठक्कर  दिदा माेटरसाइकलमा सवार अन्दाजी ३० वर्षीय पुरूषकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

माेटरसाइकल मै सवार अन्य २ जना अन्दाजी १० वर्षीय बालक र २८ वर्षीय महिला भने गम्भिर घाइते भएका छन् । 

ठक्कर दिने ट्रक भने दुर्घटनापछि फरार भएकाेमा  गाेठगाउमा नियन्त्रमा लिइकाे बताइएकाे छ ।  घटनाकाे बिस्तृत जानकारी आउन बाँकी रहेकाे छ ।