ब्लाष्टखबर । इन्डोनेसियाकाे सुलावेसी टापु शुक्रबार गएकाे भूकम्पमा परी मृत्यु हुनेकाे संख्या कम्तिमा ६७ पुगेकाे  समाचार संस्था सिएनएनले । 

भूकम्पमा परी करिब ६३७ जना घाइते भएका त्यहाकाे राष्ट्रिय आपत प्रावधा वाेडले जनाएकाे छ   ।६.२ म्याग्निच्युड मापन गरिएकाे भूकम्पले ३०० घरमा क्षति पुगेकाे छ  ।   १५ हजार भन्दा बढिलाई विस्थापित गराउनुका  साथैँ  दर्जनौँ व्यक्ति भग्नावशेष पुरिएको इन्डोनेसियन अधिकारीहरुले जानकारी दिएका छन् ।

 अधिककारीहरूका अनुसार भूकम्पले  दुई होटल, एक अस्पताल र क्षेत्रीय गर्भनरको कार्यलय पनि भत्काएकाे छ ।

भत्किएका भवनभित्र केही व्यक्तिहरु पनि फसिरहेको उनीहरुलाई निकाल्ने प्रयास भइरहेको इन्डोनेसियन अधिकारीहरुको भनाइ छ ।