विजयपुर ।  खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा अस्पताल निर्माणका लागि १ करोड २८ लाख बराबरको जग्गा दान गरेका छन् ।

जग्गा आफ्ना स्व. माता पिताको नाममा दान गराएका हुन् ।

खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा पिता स्व. नरबहादुर गुरुङ र माता नीरमाया गुरुङको नाममा ८ रोपनी जग्गा उपलब्ध गराएका हुन् ।

धरान–१० बस्ने दाजुभाई भीमकेशर गुरुङ र कर्णबहादुर गुरुङले मातापिताको नाम जग्गा दिएका हुन् ।

सरकारको सबै स्थानीय तहहरुमा आधारभुत तहका अस्पताल निर्माण गर्ने उदेश्यअनुरुप गाउँपालिका वडा नं.–४ मा अस्पताल निर्माणको लागि संघिय सरकारले चालु आर्थिक वर्षमा १८ करोड बजेट विनियोजन गरेको थियो ।

वडामा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेपनि स्थानीय तहमा जग्गा नहुँदा समस्या उत्पन्न भएको थियो ।

समस्या उत्पन्न भएपछि गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर राईले दाजुभाईलाई जग्गाका लागि अपिल गरेका थिए ।

अस्पताल जस्तो महत्वपुर्ण कुरा निर्माण गर्न जग्गा नपाउने अवस्था हुनु दुखद भएको वताउँदै स्थानीयवासीले सहज उपचार पाउन भनेर जग्गा दिएको जग्गादाता कर्णबहादुर गुरुङले बताए ।

जग्गामा अस्पताल निर्माणको लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको वडाध्यक्ष गणेश अधिकारीले वताए । 

जग्गा दिएपछि मंसिर–२३ गते लामा नवराज गरुङले ‘माने मोलम’ पढि खोटाङ क्षेत्र नं.–१ का संसद बिशाल भट्टराई र प्रदेशसभा सदस्य राजेन राईले संयुक्त शिलान्यास गरेको पालिकाका कार्यकारी अधिकृत छविलाल राईले जानकारी दिए ।

अस्पतालको नाम ‘नीरमाया आधारभुत अस्पताल’ रहने भएको छ । नीर माया जग्गादाताको दाजुभाईकी माता हुन् । 

सोही दिन जग्गादाता दाजुभाईले निर्माण गर्ने ‘बौद्ध शिक्षा सदन’ मन्दिरको पनि शिलान्यास भएको थियो । उक्त मन्दिरमा निर्माण सम्पन्न भएपछि बौद्ध शिक्षाको विषयमा ज्ञान उपलब्ध हुने बताइएको छ ।

सो शिक्षा सदनको निर्माण भने दाजुभाईले नै आफ्नै लगानीमा गर्ने गाउापालिका उपाध्यक्ष हिरा वन गिरीले जानकारी दिइन् । कार्यक्रम