ब्लाष्टखबर । एटिएम मेसिन फुटाएर चोरी गर्ने पक्राउ परेका छन । 

पक्राउ पर्नेमा कोशी गाउपालिका ३ का कोशी कटान जुद्धगञ्ज घर भई धरान ३ मा कोठा लिएर बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् । 

बस्नेतका अनुसार मन्सुरीले आइतबार साझ सात बजे धरान १२ महेन्द्रपथमा रहेको एनआईसी एसिया बैँकको शाखा कार्यालयमा रहको एटीम मेसिन फुटाई चोरी गरेका थिए ।

घटनापछि एटिएममा रहेको सिसिटिभी फुटेजका आधारमा खोजतलास गर्ने क्रममा मन्सुरीलाई सोमबार साझ धरान १८ स्थित बीपी कोईराला स्वास्थ प्रतिष्ठानको हाता भित्र पक्रउ गरीएको डिएसपी बस्नेतले बताएका छन् । 

पक्राउ परेका उनिमाथी चोरी उद्योगमा कसुर मुद्धा दर्ता गरी अनुसन्धान भई रहको बताईएको  बस्नेतले जनाएका छन् ।