धरान । धरान उपमहानगरपालिका वडा नं.१७को फोकल्याण्ड टापुका ६१ वर्षीय पुरुष आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार ११ वर्षीय नातिनीलाई बलात्कार गरेको आरोपमा ति पुरुषलाई पक्राउ गरिएको हो  । बालिका ति पुरुषकी छोरीकी छोरी हुन् ।

बालिकाको परिवारले प्रहरीमा उजुरी दिएपछि शनिबार उनलाई पक्राउ गरिएको थियो । आइतबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाले आफुलाई डर धम्की दिंदै हजुरबुवाले बलात्कार गरेको जानकारी दिएकी छन् ।