विराटनगर । अवैध रूपमा भारतबाट ल्याएको प्रतिबन्धित नोटसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) रानी विराटनगरले प्रतिबन्धित भारु ४ लाख ९८ हजारसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विराटनगर – १५ का २६ वर्षिय रंजित चौधरी र मोरङ सुन्दरहरैचा १ घर बताउने २२ वर्षिय अन्जली झा रहेका छन् । सशस्त्र प्रहरीले उनीहरूलाई विराटनगर १६ दरैयाबाट प्रतिबन्धित नोटसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख तिर्थ पौडेलले जानकारी दिए । झाको साथबाट ४७ थान २ हजारको भारु नोट र ५ सय ७ सय थान सहित ४ लाख ९८ हजार भारतीय रुपैयाँ पक्राउ गरेको हो । बरामद भएको भारु ७ लाख ९६ हजार ८ सय रुपैयाँ नेपाली हुन आउँछ  । बरामद भएको रकम र पक्राउ परेका दुवै जनालाई बिओपी रानीले थप कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा शनिबार बुझाएको बिओपी रानीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले जानकारी दिए ।  झाको भारतीय रासन कार्ड समेत रहेको खुलेको छ ।