ब्लाष्टखबर । शुक्रबार राति २ बजे भारतकाे महाराष्ट्रकाे भण्डारा जिल्ला अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुकाे मृत्यु भएकाे छ । 

अस्पतालकाे सिक न्यू न्यूबोर्न केयर युनिटमा भएकाे आगलागी १ दिन देशी ३ महिने शिशुकाे मृत्यु भएकाे भारतीय समचार एजेन्सी एएनआइले  जनाएकाे छ  । आगलागी भएकाे स्थानबाट ७  जना नवजात शिशुलाई सुरक्षित बाहिर निकाल्न सफल भएकाे जनाइएकाे छ । 

समाचार संचार।माध्यमका अनुसार १७ जना नवजात शिशुकाे उपचार गराइरहकाे उक्त विभागकाे आईसीयू वार्डमा कार्यरत नर्सले वार्डको ढोका खाेल्दा काेठाभित्र  धुँवाले भरिएकाे थियाे । अस्पतालमा लापरवाहीका कारणा बच्चाहरूकाे मृत्यु भएकाे बताइएकाे भएपनि कसरी आगलागी भयाे भन्ने खुलेकाे छैन ।