झापा । झापाको भद्रपुर नगरपालिका-१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् ।

सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रबार अपरान्ह ५ बजे २ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्हरी कार्यालयले जनाएकाे छ ।

कार्उालउका अनुसार पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।