धरान । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७जना छन् ।

प्रदेश १ मा आज ५१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या२९ हजार ६०२ पुगेको छ ।

प्रदेश १ मा आज २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।