ब्लाष्टखबर । भारतकाे उत्तर प्रदेश स्थित बुलन्दशहरमा विषाक्त मदिरा सेवन गरी ५ जनाकाे मृत्यु भएकाे छ । भने अन्य १६ जना घाइते भउका छन् । घाइतेहरूकाे उपचारकालागि विभिन्न अस्पतालमा भर्ना गरिएको त्यहाँका संञ्चार माध्यमहरूले जनाएका छन् । 

भारतिय संञ्तार माध्यमहरूका अनुसार सिकन्दराबाद कोतवाली क्षेत्रको जीतगढ़ी गाउँमा  भएकाे उक्त घटनामा मृत्यु हुनेहरूमा सम्पूर्ण मजुर रहेका छन् । उक्त विषाक्त मदिरा गाउँमा अवैध रूपमा मदिरा बेच्ने एक युवकबाट मृतकहरूले खरिद गरेकाे खुलेकाे छ। 

मदिरा पिउनेसंगै स्वास्थ अवस्था बिग्रिएकाेले उपचारका लागी अस्पताल पुर्याएकाेमा उपचारकाे क्रममा  उनिहरूकाे मृत्यु भएकाे  बताइएकाे छ । घटनाकाे प्ररम्भिक अनुसन्धान थालेकाे प्रहरीले घटनामा एक सरकारी विभागसहित मदिरामाफियाकाे पिन संलग्नता भएकाे हुनसक्ने अाशंका गरेकाे छ । 

विषाक्त मदिरा पिएर ५ जनाकाे मृत्यु भएपछि प्रहरी चौकीको लापरवाहीलाई स्वीकार गर्दै प्रहरी चौकी प्रभारी दीक्षित कुमार त्यागी, लाइट इन्चार्ज र चौकी प्रभारी अनोखे पुरीलाई  निलम्बन गरिएकाे बुलंदशहरमा एसएसपी सन्तोषकुमार सिंहले बताएका छन् ।