झापा। झापाको मेची नगर नगरपालिका १० धुलाबारीबाट नियन्त्रीत लागुऔषधखैराे हेराेइनसहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध खैराे हेराेइनसहित बुधबार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार पक्राउ परेका शर्मा माथी  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।