मोरङ। मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती साँढे ९ बजे लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।