ब्लाष्टखबर । अवैध लागुऔषध खैरो हेरोईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १३ का २४ वर्षीय सचिन प्रधार र मोरङको केराबारी गाउँपालिका ५ का २४ वर्षी सन्दिप राई रहेका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

कार्यालयका अनुसार कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राती करिब ७ बजे प्रधानलाई शंंकास्पद अवस्थामा फेलापारेपछि खानतलासी गर्दा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । 

उक्त खैरो हेरोइन बरामद भएसंगै प्रारम्भिक साधपुक्षका क्रममा राईबाट खरिद गरेको बताएपछि राईलाई धरान ६ पानबारीमा फेलापारी उनिमाथी पनि चेकजाँच गर्दा ७ सय मिलिग्राम खैराे हेरोइन बरामद भएको कार्यालयले जनाएको छ । 

पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतमा लागुऔषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।