ब्लाष्टखबर । इलाममा घरायसी विवाद हुँदा श्रीमानद्वारा  श्रीमतीकाे  हत्या भएकाे छ । बिहान करिब साढे ५ बजे सामान्य घरायसी विवादका कारण इलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ बर्षीय सुवास राईले आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएकाे छ । 

प्रहरी चौकी जितपुरका अनुसार श्रीमानद्वारा श्रीमतीमाथी खुकुरी प्रहार भएकाे भन्ने खबर पाएसंगै घटना स्थप पुगेकाे प्रहरी टाेलीले श्रीमती हत्याको आरोपमा सुवासलाई  पक्राउ गरेकाे छ । 

 उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृतसहितको टोली खटि  अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।