ब्लाष्टखबर । अवैध लागुऔषधसहित विराटनगर महानगरपालिका १६ बाट कारमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हुलास चोकबाट बा २ च ६१११ नम्बरकाे कारमा सवार इटहरी उपमहानगरपालिका वडा नम्बर २ बरगाछिका ३२ वर्षीय अमित लिम्बु र २७ वर्षीय हेमराज बस्नेतलाई लागुअ‍ैषधसहित लागुऔषध व्युरो विराटनगरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

Car


कार्यालयका अनुसार शनिबार दिउसो साढे ३ बजेमा पश्चिमबाट पूर्व तर्फ आउँदै उक्त सेतो रङको कारलाई चेकचाँज गर्ने क्रममा कार भित्र रहेको मोबिलको गिलेनमा डाइलेक्स डिसी जस्तो देखिन तरल पदार्थ १ गिलेन, नाइट्रो भेट १० लेखिएको २४ वटा ट्यावलेट र स्पास्मोप्रोक्सीभन ८ चक्की फेला परेको हो । 

बरामद उक्त लागुऔषधसहित कार र कारमा सवार दुबैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।